अशोक पहाडी
रौतहट २५ माघ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सुरु गरेका विकासका आयोजनाहरू गठबन्धन सरकारले पूरा गर्न नसकेको बताएका छन्।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिमा आउनुभन्दा पहिला आफूले रौतहट आएर राजनीति सुरु गरेको बताउँदै ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोप लगाए।
आफ्नो बनी बनाउको घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै गएका माधव नेपाललाई गठबन्धनले लात हानेर निकालेपछि उनी घर न घाटका हुने ओलीको जिकिर थियो।
१५ सालमा एमालेको लालकिल्ला रहेको रौतहटलाई पुन लाल एमालेकै लालकिल्लाको रुपमा बिरासत फर्काउनका लागि उनले एमाले नेता तथा कार्यकर्तालाई निर्देशनदिएका थिए ।
अहिलेको देशको जरजर अवस्थाको कारण गठबन्धन सरकार भएका कारण अब यो सरकारले देश चलाउन नसक्ने उनको भनाई रहेको थियो ।