रौतहट,१ फागुन । जनयुद्ध दिवसका अवसरमा आज बेलुका चन्द्रनिगाहपुरमा दीप प्रज्वलन गरिएको छ। नेकपा माओवादीका कार्यकर्ताहरूले चन्द्रनिगापुरको मुख्य चोकमा साँझ दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएका हुन्। चन्द्रपुर नगर क्षेत्रमा रहेका नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागितामा चन्द्रनिगापुरको मुख्य चोकमा दप प्रज्वलन गरिएको माओवादीका नेता तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले जानकारी दिएका छन्।