रौतहट,२२ बेशाख । यो वर्ष आगलागीबाट रौतहट जिल्लामा ठूलो मात्रामा धनजनको क्षति हुन पुगेको छ । रौतहट जिल्लामा मात्र यस वर्ष ४ करोड ५८ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय तहहरूले आगो नियन्त्रणका लागि बारुण यन्त्र किन्ने तर्फ ध्यान नदिएका कारण आगो नियन्त्रणमा आउन नसक्दा रौतहट जिल्लामा डेढ महिनाको अवधिमा करिब ५ करोडको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट सर्वसाधारणको घरगोठ र अन्नपात जलेर नष्ट भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ। यस वर्षको गर्मीयाम सुरु भए यता मधेस प्रदेशका आठ जिल्लामा ४६ करोड बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।