गौर,२१ जेठ । गौरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई बीचैमा छाडेर अहिले केहीबेर अगाडि माधवकुमार नेपाल काठमाडौँतिर लागेका छन् । कार्यक्रम भइरहेका बेला भ्रष्टाचार मुद्दा लागेको खबर सुनेपछि नेता नेपाल रौतहटको गौरबाट हुलाकी राजमार्ग हुँदै सिमरा गएका हुन् । ४:३० बजेको प्लेनबाट उनी काठमाडौँ उड्ने कार्यक्रम रहेको उनका सोकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिएका छन् । आम नेपाली जनता पतञ्जली लाभान्वित हुन् स्वस्थ बनुन् भन्ने हिसाबले आफूले जग्गा उपलब्ध गराएको र जग्गा खरिद प्रकरणमा आफ्नो कुनै हात नरहेको र त्यसमा तल माथि भएको भए त्यसको जिम्मेवार कर्मचारी भएको नेता नेपालले बताएका छन् । उनले आफूलाई पहिलादेखि नै प्रधानमन्त्री ओलीले विभिन्न मुद्दामा फसाउने षड्यन्त्र गरेको र त्यसै अनुरूप यो भ्रष्टाचार मुद्दा लगाएको आरोप समेत लगाएका थिए ।








