गौर,२२ जेठ । पतञ्जलिको जग्गा प्रकरणका विषयमा मुद्दा लागेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको जालझेलका कारण आफूमाथि मुद्दा लगाइएको बताएका छन् । आज गौरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम चलिरहेकै बेला उनीमाथि मुद्दा चलेको खबर सार्वजनिक भएपछि उनको अनुहार एकाएक मलिन भएको थियो ।
केपी ओलीले बदलाको भावना लिएर आफ्नो राजनैतिक क्यारियर समाप्त पार्नेतिर पटकपटक लागेको बताउँदै भने यो काम केपी ओलीबाटै भएको हो । आफ्नो नियत भ्रष्टाचार गर्ने र अनियमितता गर्ने नभएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले आफूलाई जालझेल गरेर फसाउने काम भएको दाबी गरे । अब तपाईंको सांसद पद पनि निलम्बन भयो, पार्टी अध्यक्ष हुनुहुन्छ के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्व प्रधानमन्त्री नेपालले, भने अब म त्यसको सामना गर्दछु ।
आफ्नो भ्रष्टाचार गर्ने कुनै नियत नरहेको र पतञ्जलिको जग्गा खरिद प्रकरणमा आफूलाई फसाउने षड्यन्त्र पहिलादेखि भइरहेको उनको भनाइ थियो ।








