रौतहट । इलाका प्रहरी कार्यालय गरुडाले ट्याक्टर चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका–३ का १९ वर्षीय बिजेन्द्र दास र सोही नगरपालिकाका वडा नम्बर ७ का २६ वर्षीय विनोद पण्डित रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले २०८२ साउन ८ गते राति करिब १ बजे रौतहटको वृन्दावन नगरपालिका–९, आकर पाथर टोलस्थित सैलेन्द्र राउत कुर्मीको आफ्नै खेतमा राखिएको मधेश प्रदेश २–०३–००१ त १९२४ नम्बरको ट्याक्टर चोरी गरेका थिए ।
घटनापछि प्रहरीले दुवै जनालाई पक्राउ गरी डाँका चोरी मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ ।








