🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा उत्साह छ, नयाँ कामको योजना बनाउन सकिने दिन हो। तर व्यर्थको क्रोधले काम बिग्रन सक्छ, संयम राख्नुहोला। आर्थिक पक्ष सामान्य रहनेछ।

🔮 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक सल्लाहबाट फाइदा मिल्ने दिन छ। माया प्रेममा प्रगाढता आउन सक्छ। खर्चमा ध्यान दिनुहोला, फजुल खर्चले बजेट गडबड गर्न सक्छ।

🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा व्यस्तता बढ्नेछ, तर परिणाम सकारात्मक रहनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। मानसिक चाप कम हुनेछ, तर थकाइले सताउन सक्छ।

🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम प्रस्ताव राख्न शुभ समय छ। व्यवहारिक निर्णय लिन सकिनेछ। खर्च र आम्दानीमा सन्तुलन मिलाउने प्रयास गर्नुहोस्।

🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वास बढ्नेछ, नेतृत्वको अवसर आउन सक्छ। तर अहंकार बढ्न नदिनुहोला। आर्थिक कारोबारमा होशियारी अपनाउनुहोस्।

🔮 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
ध्यान र संयम आवश्यक छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। कामको बोझले मानसिक तनाव हुन सक्छ। परिवारबाट भावनात्मक साथ पाइनेछ।

🔮 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज भाग्य बलियो छ। महत्वपूर्ण भेटघाट वा सल्लाहले फाइदा ल्याउनेछ। नयाँ योजना सुरु गर्न सकिने दिन हो। माया सम्बन्धमा प्रगाढता बढ्नेछ।

🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना कुराले मन दुख्न सक्छ, तर आत्ममूल्याङ्कन गर्ने राम्रो समय हो। आर्थिक पक्ष मध्यम रहनेछ। नयाँ अवसर पर्खनु बुद्धिमानी हुनेछ।

🔮 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
विदेश वा टाढाको यात्रा सम्भावना छ। अध्ययन, अनुसन्धान वा सृजनशील क्षेत्रमा सफलता मिल्नेछ। नजिकका साथीबाट सहयोग पाइनेछ।

🔮 मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)
नोकरी वा व्यापारमा सुधार देखिनेछ। आत्मविश्वास बढ्नेछ। तर, घर–परिवारमा सानो विवाद हुन सक्छ, धैर्य अपनाउनुहोस्।

🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्नेछ। समाजसेवामा रुचि बढ्नेछ। मनमा नया ऊर्जा छ, सृजनात्मक काममा लाग्नुहोस्।

🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मन स्थिर नरहन सक्छ, निर्णय गर्न हतार नगर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। आध्यात्मिक चिन्तन लाभदायक हुनेछ।