रौतहट,२ कार्तिक । नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रपुर ४ ले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । जेन्जी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आगजनी भएपछि त्यहाँ रहेका कम्प्युटरहरू समेत जलेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई काम गर्नका लागि सहज होस् भन्ने उद्देश्यले आफूहरुले एक थान कम्प्युटर सहयोग गरेको नव विकास बचत तथा ऋण सहकारी संस्थाले चन्द्रपुरका अध्यक्ष राजेन्द्र तिवारीको भनाइ रहेको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा नव विकास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिमला ढकाल, सचिव दिनेश मैनाली, कोषाध्यक्ष, कुल शेखर पहाडी, सहसचिव रमेश तिमल्सिना, व्यवस्थापक यज्ञ प्रसाई लगायतका सञ्चालक समिति सदस्यहरूको उपस्थिति रहेको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङले संकटका बेला आफूहरूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई काम गर्न सहज होस् भन्ने हेतुले एक थान कम्प्युटर सहयोग गरेको नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव दिनेश मैनालीको भनाइ रहेको छ ।