रौतहट,७ कार्तिक । जेन्जी आन्दोलनपछि काठ तस्करलाई तस्करीका लागि ठूलो अवसर मिलेको छ। जेन्जी आन्दोलन र दशैँ तिहारका समयमा रौतहटको वनमा व्यापक काठ चोरी तस्करी भएको स्थानीयले बताएका छन्। वन कर्मचारीले गस्ती नगरेका कारण रौतहटको बलेरीको वनबाट दैनिक काँचो सालको गोलिया चोरी तस्करी हुँदै आएको छ । बलेरीको वनबाट हुल्का हुल जाने काठ तस्करहरूले विभिन्न आकारको बनाएर लाने गरेको स्थानीयले बताएका छन् ।

काठ चोरी तस्करी नियन्त्रणतर्फ डिभिजन वन कार्यालय रौतहटले खासै चासो नदिएको स्थानीयको भनाइ रहेको छ।