रौतहट,७ कार्तिक ।
चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा आज बिहान आगलागी भएको छ। आगलागीको कारण अहिले सम्म खुल्न सकेको छैन।
स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक आगो देखिएपछि ठूलो धुवाँ निस्किएको थियो। आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
घटनास्थलमा प्रहरी र दमकल टोली पनि पुगेको बताइएको छ। आगलागीबाट कति आर्थिक क्षति भयो भन्नेबारे भने यकिन विवरण आउन बाँकी छ।
अहिले आगो नियन्त्रणमा लिन प्रयास जारी छ।








