रौतहट, ५कार्तिक । रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ यादवको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौरस्थित आफ्नै बाख्रा फर्ममा पानीका लागि मोटर चलाउने क्रममा यादवलाई आज बिहान करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।








