रौतहट,३ पुस । नेकपा एमालेको केन्द्रीय सदस्यमा रौतहटका चारजना विजयी भएका छन्। केन्द्रीय सदस्यमा १० जनाले उम्मेदवारी दिएकोमा केपी ओली प्यानलका चारजना विजयी भएका हुन्। आरती भण्डारी, अजय कुमार गुप्ता, कुन्दन कुस्वाह र उपेन्द्र शाह विजयी भएका हुन् । केन्द्रीय सदस्यमा उद्धव प्रसाद रेग्मी लगायत पाँचजना पराजित भएका छन्।








