बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो। बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यद्यपि, यसअघि गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्ड कायम भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि निरन्तर वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले बढ्दै ४ हजार ८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।

लगातार दुई दिनयता चाँदीको मूल्यले नयाँ–नयाँ उच्च रेकर्ड बनाइरहेको छ, जसले बजारमा सुनचाँदीप्रति लगानीकर्ताको चासो अझ बढेको संकेत गरेको छ।