रौतहटको चन्द्रपुर नगरपालिका–९ निवासी ६० वर्षीया देवरतिया देवीले जाडोबाट जोगिन तथा दैनिक जीवनयापनमा सहयोग पुग्ने सामग्री प्राप्त गर्नुभएको छ।
रौतहट निवासी समाजसेवी मिन गौतमले देवरतिया देवीलाई सिरक, डस्ना र सिरानी सहयोग गर्नुभएको हो भने नमुना इङ्गलिस आवासीय विद्यालयका सञ्चालक लक्ष्मी श्रेष्ठले खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ।
चिसो मौसम बढ्दै गएको अवस्थामा प्राप्त सहयोगले आफूलाई ठूलो राहत मिलेको देवरतिया देवीले बताउनुभयो। स्थानीय समाजसेवी तथा शिक्षण संस्थाबाट गरिएको सहयोगप्रति स्थानीयले धन्यवाद व्यक्त गरेका छन्।








