उपेन्द्र गोले २५ बैशाख । बेमौसमी बर्षाले गैडाटारका किसानले मकै गोलमेल गर्न पाएका छैनन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा यति बेला धमाधम मकै गोडमेल गर्ने समय भएको छ तर केही दिनदेखि पर्दै आएको पानीले मकै गोडमेल गर्न नपाएपछि उत्पादनमा कमी आउने भन्दै किसानहरुले चिन्ता ब्यक्त गर्न थालेका छन । मुलुक लकडाउनको अबस्थामा मकैको हेरचाह राम्रै गर्ने र उत्पादनमा समेत बृद्धि हुने आशामा बसेका किसान बेमौसमी बर्षाले उत्पादनमा कमी आउने आंकलन गर्न थालेका छन । लकडाउनले अन्य कामको बोझ बढी नहुने जसले गर्दा यस पटक मकै उत्पादन दोब्बर हुने आशमा हाइब्रेड मकै सबै बेचियो मौसमले साथ नदिदा अन्न किनेर खानु पर्ने अबस्था आउने स्थानिय किसान मसिनी माया वि.क ले बताए । हाल गैडाटारमा हिउदे मकै टिपेर बर्षे मकै लगााएका छन तर दैनिक जसो हावाहुरी सहित बर्षा हुदा मकै गोडमेलसमेत गर्न नपाएपछि किसानहरु चिन्तित बनेका हुन । यहाका सबै किसानहरुले हिउदे मकै हाइब्रेक लगाउने र सो मकैको समेत बिक्रि दर १९ सय देखि २ हजारसम्म मात्र बिक्रि हुने हुदा आफुहरु मर्कामा परेको अर्का किसान रतन तामाङको भनाई रहेको छ । अन्य ठाउमा मकैको बिक्रिदर बढी नै भएतापनि गैडाटारका किसानले मकै कम मुल्यमा बिक्रि गर्नु पर्ने बाध्यात्मक परिस्थिती आएको तामाङले बताए । मकैलाई गोलमेल तथा मलजलको ब्यबस्थापन उचित समयमा हुन नपाउदा मकैको उत्पादनमा कमी आउने किसानहरुको ठम्याइ रहेको छ ।








