गरुडा १५ भदौ । प्रहरी हिरासतमा उपचारको क्रममा मृत्यु भएका दलित युवा विजय महराको परिवार तथा घा“टी रेटेर हत्या भएका निरन्जन रामका परिवारलाई मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटले पिडितको घरमा पुगेर राहत दिएका छन् । सो संस्थाले मृतक निरन्जन महरा र विजय महराका परिवारलाई खाद्यान्न समाग्री राहत दिएको मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटका संयोजक पुजा पाठक तिमलिनाले जानकारी दिएका छन् । शोेका कुल परिवाईर प्रती शोक ब्यक्त गर्दै चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी र मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटका सलहाकार देवकी नेपालले प्रहरी हिरासतमा हत्या भएका विजय राम र घा“टी रेटेर हत्या भएका निरन्ज रामको हत्या प्रती घोर भर्सना गरेका छन् । साथै सो संस्थाले पिडित परिवारलाई न्यायको माग समेत गरेका छन् । यस्तै सो शोक कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटमा आवद विमला फुयाल, रतना लामा, कोपिला तिमलसिना, रतना चौधरी, चन्द्रपुरका स्थानिय समाजसेवी विनाध चौधरी, गोविद राम लागाएतका दर्जनौ ब्यक्तीहरुले शोक प्रकट गरेका छन् । यसैबीच गरुडा नगरपालिका वडा नं. ८ का १९ वर्षीय विजयराम चमारको मृत्यु प्रकरणमा दोषी प्रहरीलाई निलम्बन गरि कार्वाही गर्नुपर्ने मागसहित सोमबार तेस्रो दिन धर्ना जारी राखेका छन् । ईलाका प्रहरी कार्यालय गरुडा अगाडी धर्ना जारी रहेको छ । उनीहरुले प्रहरीको यातनाका कारण चमारको ज्यान गएको भन्दै डिएसपी ज्ञानकुमार महतो लगायतलाई निलम्बन गरि कार्वाही गर्न माग गर्दै आएका हुन् । धर्ना कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटका टोलिहरु केहीबेर सहभागीता जाएका थिए ।