रुपेन्द्र पटेल,२७ कार्तिक ।
मेचीमहाकाली बुहारी सयुक्त आवाजले प्रदेश नं. २ को संयोजकमा रौतहटकी एक महिला चयन भएको छ । सयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले कार्तिक २६ गते रौतहट जिल्लामा सक्रिय काम गरि संस्थालाई उच्चाई सम्म पुर्याउने भुमिका खेलेका जिल्ला संयोजक पुजा पाठक तिमिल्सिनालाई प्रदेश नं.२ को संयोजकमा चयन गरेकी हुन् । वर्षाै देखि दर्ता भई रहेको मेचीमहाकाली बुहारी सयुक्त आवाज चर्चामा नदेखिए पनि संयोजक पाठकले जिम्मेवारी पाउना साथ विभिन्न किसिमको रचनात्मक कार्य गरि सयुक्त आवाजलाई चर्चामा ल्याएका थिए । संस्था चर्चामा आएपछि उदेश्य अनुसारका कामहरु समेत समय समयमा गर्ने गरेको छ । मेचीमहाकाली बुहारी सयुक्त आवाजले रौतहटमा गरेको हरेक काम सफल हुदै गएको छ ।








