रौतहट १२ मंसिर । रौतहटको मौलापुर नगरपालिकाकि मेयर रिनाकुमारी साहले शुक्रबार एक समारोहका बीच जनता माध्यमिक विद्यालय सोनरनियाको बिधालय भवनको सिलान्यास गर्नु भएको छ । माबी सोनरनियालाई नमुना बिधालय बनाउने उदेश्यका साथ आवश्यक पूर्वाधार निर्माणको कार्य तीव्र रूपमा अगाड़ी बढ़ाउंदै मेयर साहले अर्कों आठ कोठे भवनको शिलान्यास गर्नु भएको हो । झण्डै एक करोड़ पैतालिस लाख लागतमा निर्माण हुने उक्त भवन शिव कंस्ट्रक्शन प्रा। लि। ले निर्माणको ठेक्का लिएको बिधालयका प्रधानाध्यापक राजेन्द्र साहले जानकारी दिनुभयो । मौलापुर नगरपालिका वडा ८ को अध्यक्ष वसन्त यादव ९ का अध्यक्ष रामलाल साह , कार्यपालिका सदस्य प्रेमलाल पण्डितका साथै बिधालय भवन सिलान्यास समारोह विधालय ब्यावस्थापक समिति सदस्यहरु जनप्रतिनिधिहरूको विशेष उपस्थितिमा सामाजिक दूरी क़ायम गर्दै सम्पन भएको थियो । सोही अवसरमा प्रधानाध्यापक राजेन्द्र साहले मेयर रिनाकुमारी लाई दोसाला ओढाएर सम्मान गर्नु भएको थियो ।