कटहरिया,६ पुस । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले घरमाथी डोजर चलाएर भएपनी सडक बिस्तार गरेका छन । पछिलो केहिदिन देखी सडक बिस्तारको काम रोकिएको कटहरिया ३ छेदी चौक बजारमा केही घर माथी डोजर चलाएर मेयर कुुश्वाहाले बाटो बिस्तरको कामलाई निरन्तरता दिएका छन । संघिय सांसद प्रभुु साहको पहलमा शहरी विकास मन्त्रालयको २३ करोड रुपैयाको लागतमा कटहरिया बजार देखी जमुनिया बजार सम्म पक्की बाटो तथा नाला निर्माण गर्न साह निर्माण सेवा मलंगवाले ठेक्का लिएको छ । ठेक्का अनुसार कटहरिया बजार र जमुनिया बजारमा निर्माण काम भईरहेको छ । कटहरिया देखी जमुनिया सम्म ३६ फिट फराकिलो बाटो निर्माण भईरहेको छ । कटहरिया २ छेदी चौक बजारमा भने केहि दिन अघि वडा अध्यक्ष हरीन्द्र साहको अध्यक्षतामा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले बजारक्षेत्रमा ५० फिट बाटो बनाउन सहमती भएको थियो । निर्णय अनुसार छेदी चौक बजारमा अधिकांस भागमा नाला तथा बाटो निर्माण भएपछी केही अराजकतत्वले चार दिन अघि निर्माण काम रोक्का गरेको थियो । रोक्का भए लगतै मेयर सियाराम कुश्वाहाको पहलमा नेपाली कांग्रेस,जसपा, स्थानियहरुको बैठकले सर्वसहमतीमा पुरोनो निर्णय लाई अनुुमोदन गरेपछी डोजर प्रयोग भएको वडा अध्यक्ष हरीन्द्र साहले बताएका छन । बाटो निर्माण पछी सो क्षेत्रका दर्जन बढी गांउका मानिसलाई कटहरिया बजार आउन जान सहजहुने मेयर सियाराम कुुश्वाहाले जानकारी दिएका छन ।