चन्द्रपुर,६ पुस । राष्ट्रिय गौरवको योजना अन्तर्गत जनकपुर देखि बर्दिवास हुदै बिरगंज सम्मको रेलमार्ग निर्माणको काम लामो समय देखि चलिरहेको छ । निर्माण भएका संरचनाको रेलवे विभागका प्राबिधिक र कर्मचारीले अनुगमन नगर्दा ठेकेदारहरुको मनपरि चलिरहेको गुनासो आउन थालेको छ । रौतहटको चन्द्रपुर ८, सन्तपुरमा राष्ट्रिय गौरबको योजनाको रेलमार्ग निर्माण कार्य मापदण्ड बिपरित भैरहेको भन्दै स्थानियहरु आक्रोशित भईरहेका छन । लामा र गोल्डेन गुड कन्स्ट्रक्सनले पारेको ठेक्का नं ४ को कामको शुरूवाती चरणमै व्यापक गुणस्तरहिन देखिएको छ । सो कम्पनीले पेटी ठेक्कामा चौधरी कन्ट्रक्सनलाई काम दिएको छ । चौधरी कन्ट्रक्सनले रेलमार्गमा आफैले पारेको ठेक्का नं २ को ४ किलोमिटर काममै पनि व्यापक गुणस्तरहिन भएको जनगुनासो हुदाहुदै उसले पटि ठेक्कामा नयाँ काम लिएको हो । सन्तपुर देखि चादि नदि सम्म निर्माण भईरहेको रेलमार्गको बेसमा सफा नगरि गहु बाली माथि नै टेक्निसियनले एआई नगरेको चादि नदिको कमसल माटो मिस्रीत मिक्स ग्रेवल प्रयोग गरेकाले गुणस्तरहिन भएको प्रष्ट देखिएको छ । लामा र गोल्डेन गुड कन्स्ट्रक्सनले चपुर–गौर सडक खण्ड भन्दा पुर्व र पश्चिम तर्फको करिब ६ कि.मि काम ठेक्का पाएको छ । निर्माणका क्रममा हरेक १५ देखि २० सेन्टीमिटरमा रोलिङ गर्नुपर्नेमा पेटी ठेक्का पाएको चौधरी कन्ट्रक्सनले त्यो गरेको पाइदैन । निर्माण कम्पनीले रेलमार्ग निर्माण भैरहेको स्थानमा लागत ईस्टिमेटको बोर्ड समेत राखेको पाईदैन । विभागका प्राबिधिक र कर्मचारी साईटमा नबस्नाले निर्माण ब्यबसायीले आफु खुशी कार्य गर्दै आएका छन । यस कन्ट्रक्सनले शुरूवाति चरणमै गुणस्तरहिन काम गरेकाले निमार्ण गर्न बाकी निर्माणको कार्य पनि हदै सम्मको कमसल हुने भन्दै अब बिरोधमा उत्रने स्थानिय युवा नेता प्रल्हाद पौडेलले तराई एक्सप्रेसलाई बताए । रेलमार्गको काममा चादिको गिट्टी बालुवा हाल्न मनाही रहेको छ । रेलमार्ग निर्माण गर्दा ग्राबेलको परिक्षण हुनु पर्नेमा निर्माण ब्यबसायीले ल्याबका टेक्निसियनको मिलोमतोमा सबै नदिको ग्रेवललाई गुणस्तरीय बनाएका आरोप समेत रहेको छ । रेलवे विभागले खासै चासो नदिदा रेलवे निर्माणमा केही ठेकेदारहरुको मनोमानि बढेको हो । रेल बिकास आयोजना सर्लाहीका ईन्जिनियर सुरेस साहले आयोजना संग जनशक्ति नभएकाले निर्माण स्थलमा प्राबिधिक कर्मचारी राख्न नसकिएको बताएका छन । कर्मचारी नै छैन भने ठेकेदारको कमाउ धन्दाका लागि किन चलिरहेको छ निर्माणको काम यो आम जनमानसको प्रश्नको बिषय बनेको छ । यता किसानले पाउनुपर्ने मुअब्जा नपाइ धमाधम रेलमार्गको काम भइरहेको छ । मुआब्जा रकमका लागि दिनहु रेलवे कार्यालय धाउने गरे पनि रकम पाउन नसकेको स्थानीयको गुनासो छ । जमिन अधिग्रहण गर्न रेलवेले आठ महिना अघि नै प्रक्रिया थालेको थियो तर कर्मचारीका कारणे मुआब्जा बापतको रकम भुक्तानी हुन सकेको छैन । रेलवेका कर्मचारी फिल्डमा नहुदाँ ठेकेदारले मुअब्जा पाउनुहुन्छ काम गर्न दिनुस भन्दै बाली लगाएको खेतमा गिट्टी बालुवा झार्ने काम भएको स्थानीयहरुको गुनासो रहेको छ । केहीले रकम पाए पनि सन्तपुर,मोतिपुर र बेतौनाका अधिकांसले मुअब्जा वापतको रकम पाउन सकेका छैनन । रेलवे विभागका सर्वेक्षक अजय यादवले छठ सकिए लगत्तै मुआब्जा रकम वितरण हुने बताए पनि अहिले सम्म आफुहरुले रकम पाउन नसकेको किसानहरुको भनाइ रहेको छ ।