चन्द्रपुर,१४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रौतहट क्षेत्र नं ४ ले संसद विघटनको विरोधमा सोमबार चन्द्रपुरमा बृहत प्रदर्शन गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन रौतहटलगायत मुलुकभर सडक प्रदर्शन सुरु गरेको थियो । ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गर्न लागेका नेपाली कांग्रेसका श्यामहरि चौलागाइले बताए । कांग्रेसको १० गतेको केन्द्रीय कार्यसमिति बैठकले १६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार चन्द्रपुरमा बृहत प्रदर्शन गरिएको नेपाली काग्रेसका युवा नेता मुकेश गिरीले बताए । नेपाली काग्रेस क्षेत्र नम्बर ४ को आयोजनामा भएको सो कार्यक्रममा ठूलो संख्यामा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गर्दे नगरपरिक्रमा गरेका थिय । बिरोध प्रर्दशन पछि आयोजित कोणसभालाई काग्रेस नेता नरेश लामीछाने ,बृन्दावन नगरपालिका मेयर रामस्नेही यादव ,प्रदेशसभा सदस्य धनलाल ठोकर ,देव प्रसाद तिमलसिनाले सम्बोधन गर्दे ओली सरकारको चर्को आलोचना गरेका थिय । नेपाल काग्रेसले सोमबार जिल्लाभरनै सरकारको कदमको बिरुद्धमा प्रर्दशन गरेको थियो ।