जनकपुर, १५ पुस । धनुषामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मंगलबार राति धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी मालटोल स्थित तीनवटा गाडी एक आपसमा जुध्दा दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने मालटोल स्थित घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयाँङकर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । दुर्घटनामा परि ट्यांकर चालक मोरङको विराटनगर वडा नम्बर ४ का ३६ वर्षीय अर्जुन कुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीला कुमारको मृत्यु भएको हो । दुर्घटनामा ट्यांकरका सह–चालक विराटनगर वडा नम्बर ४ बस्ने धनराज यादव गम्भीर घाइतेभएको र उनलाई थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । त्यस्तै भारतीय ट्रकका सहचालक समेत घाइते भएको र उनको उपचार हाल प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।