रौतहट,२८ जेठ । नेपाल विद्यार्थी संघ रौतहटले सरकार बिरुद्ध प्रर्दशन गरेको छ । जिल्लाको चन्द्रनिगाहपुरमा विद्यार्थीहरुले सरकारका बिरोधमा नारावाजी गर्दे बिरोध प्रर्दशन गरेका हुन् ।
केपि ओलि राजिनामा दे,बहुल राज्य चाहिदैन, राजेन्द्र महतो राजिनामा दे,संसद विघटन फिर्ता गर,कोभिड खोपको तत्काल ब्यवस्था गर,रास्ट्रपतिको असम्बैधानिक कदम खारेज गर,चुरे दोहन सम्बन्धी नीति खारेज गर जस्ता नारा लेखिएको प्ले कार्ड सहित उनीहरुले चन्द्रपुरमा प्रदर्शन गरेका हुन ।
सरकारको असंबैधानीक कमदको बिरोधमा आफुहरुले प्रर्दशन गरेको नेपाल विद्यार्थी संघ रौतहटका नेता श्यामहरी चौलागाइले बताए ।








