महोत्तरी, १२ कात्तिक । महोत्तरीमा एउटा परिवारैलाई घाइते बनाएर लुटपाट गरी फरार समूहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको ४ महिनापछि प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्वास निवासी कारी भनिने विश्वनाथ पासवानलाई पक्राउ गरको हो। उनलाई बुधबार अपराह्न ४ बजे महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ रघुनाथपुरबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए। गत असार ३ गते मध्यराति महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा बजारमा ५७ वर्षीय वीरेन्द्र साहले घरमै सञ्चालन गरेको राजीव ज्वेलर्स सुनचाँदी पसलमा लुटपाट गरिएको थियो।