चितवन,१५ कार्तिक । नेकपा (एमाले ) स्थायी कमिटी सदस्य राम बहादुर थापा (बादल) ले एमालेले मात्र राजनितीक स्थायित्व र समाजवादको दिशा तर्फ देश लैजाने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनलाई सम्बोध गर्दै प्रचण्ड र माधव नेपालले दक्षिण पन्थी भएको भन्दै यिनलाई एमाले परास्त पार्ने समेत उनले बताए ।
कम्युनिस्ट भएर सामुहिक पद्धति र नीति बाट नचल्ने, समाजलाई यथास्थितिमा राख्नेहरु र परिवारवादहरु पार्टी बाट च्वैटिएको समेत उनको आरोप छ ।
दक्षणपन्थीहरु मध्ये माधव नेपालको बारेमा विधान अधिवेशनले भण्डारफोर गरेको र चितवनमा हुने पार्टीको अधिवेशनले प्रचण्डका बारेमा समेत भण्डाफोर गर्ने उनले बताए । नेकपा (एमाले) को सदस्य भएपछि जबज को सिद्धान्तलाई पनि गहिरो संग आत्मसाथ गर्नु पर्ने उनले बताए । जनादेशबाट आफ्नो पार्टीलाई नेतृत्वमा जाने समेत उनको विश्वास छ ।








