बृन्दावन, १५ कार्तिक । बृन्दावनमा नेकपा एकिकृत समाजवादी पार्टीका वडा कमिटि गठन गरिएको छ । बृन्दावन नगरपालिका वडा नं—१, २ र ३ मा एकिकृत समाजवादी पार्टीका वडा कमिटि गठन गरिएको हो । बृन्दावन नगरपालिका वडा नं—१ का वडा कमिटिको अध्यक्षमा सुरेन्द्र पटेल उपाध्यक्षमा जय प्रकाश सहनी, राजिव पटवा सचिवमा श्यामसुन्दर राम, सहसचिवमा राजेन्द्र साह, सुरेश पटेल,राम किशुन मुखिया लगाएत १४५ सदस्य कमिटि गठन गरिएको कमिटिका अध्यक्ष सुरेन्द्र पटेलले जानकारी दिएका छन् । कमिटि गठन कार्याक्रममा वडा नं—१ बाट विभिन्न पार्टी प्रत्याग गरी एकिकृत समाजवादी पार्टीमा प्रवेश गरिएको अध्यक्ष सुरेनले जानकारी दिए । यस्तै बृन्दावन नगरपालिकाको वडा नं—२ मा पनि कमिटि गठन गरिएको छ । कमिटिका अध्यक्षमा दिपेन्द्र प्रसाद पटेल उपाध्यक्षमा कपलदेव राम, सचिबाम रघुनाथ साह, शिव प्रसाद शार्म, शिव ध्यान साह, राम प्रसाद राउत, लगाएत १०५ कमिटि सदस्य कमिटि गठन गरिएको कमिटिका अध्यक्ष दिपेन्द्र प्रसाद पटेलले जानकारी दिएका छन् । वडा नं—२ बाट विभिन्न पार्टी प्रत्याग गरी ५१ जना एकिकृत समाजवादी पार्टीमा प्रवेश गरिएका छन् । यस्तै वडा नं—३ मा पनि एकिकृत समाजवादी पार्टीको वडा कमिटि गठन गरिएको छ । वडा नं—३ को वडा कमिटि गठनका अध्यक्षमा धर्मेन्द्र साह, उपाअध्यक्षमा शेख सबुदिन, दिलिप पटेल सचिवमा देपेन्द्र यादव, सह सचिवमा राजगिर यादव, लक्ष्मी राय जलसिया पासवान लगाएत १०५ सदस्य समिति गठन गरिएको वडा नं—३ बाट पनि विभिन्न पार्टी प्रत्याग गरी एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नवगठित कमिटि बृन्दावन नगरपालिकाका नगरप्रमुखका प्रत्यासी बिनोध पटेल, युवा नेता धर्मेन्द्र पटेल राम बाबु ठैठा वडा नं—३ का वडा अध्यक्ष सचिन्द्र यादव, वडा नं—४ का वडा अध्यक्ष श्याम नन्दन यादवको रोहबरमा सम्पन भएको स्थानिय युवा नेता सलाहुदिनले जानकारी दिएका छन् । विभिन्न पार्टी प्रवेश प्रत्याग गरी एकिकृत समाजवादी पार्टीमा प्रवेश गर्नेलाई बृन्दावन नगरपालिकाका मेयर प्रत्यासी विनोध पटेलले टिका लगाएर स्वागत गरेका थिए ।










