कटहरिया,१८ कार्तिक ।
पुर्व मन्त्री प्रभु साहले राजनीतिक फोहोर न हटेसम्म देशको विकास असम्भव रहेको बताएका छन । दिपावली लोकपर्व छठमा गाउँघर सफागरे जस्तै आफै भित्र रहेको राजनीतिक फोहोर न हटेसम्म सुखी नेपाली र समृद्ध नेपाल को परिकल्पना पूरा नहुने उनको धारणा रहेको छ ।
हात हातमा झाडु र बेल्चा सहित बुधबार कटहरिया बजारको सफाइ पछि आयोजित कोणसभामा पुर्व मन्त्री प्रभु साहले राजनीतिक भागबन्डाको अन्त हुनुपर्ने बतए । उहाँले अहिले देशमा दुषित राजनीति,कुशासन र ब्यापकरुपमा भ्रष्टाचार बढेको बताएका थिए ।
रौतहटको नजरपुरको उदाहरण दिंदै आफ्नो गाउँ बनाउन सबभन्दा पहिले आफै संकल्प लिनु पर्दछ । रौतहट संसदिय निर्वाचन क्षेत्र ३ को कटहरिया बजार मुटु रहेको बताउँंदै उहाँ ले स्थानीय ब्यापारी राजनीतिकर्मी, कर्मचारी र जनता सबै मिलेर समृद्धिको लागि पहल गर्नुपर्ने आग्रह गरेका थिए । शिक्षा,सारक्षरता तथा मानव सूचकांकमा रौतहट पछाडि गर्नुको कारण शिक्षामा राजनीति गर्नु हो । जिल्लाको अधिकांश स्थानका हुनेखानेले विद्यालय लाई कब्जा गरेर आफ्ना छोरा छोरिलाई शिक्षक शिक्षिकामा जागिर लगाएर विद्यालयको रकम लुटिरहेको पुर्व संघिय सांसद प्रभु साहले टिप्पणी गरे ।
उक्त विद्यालयहरुमा पठन पाठन गराउने त्यस्ता शिक्षक शिक्षिकाहरुले विद्यालयको तलब मात्र खान्छन आफ्ना छोरा छोरी भने बाहिर पढाउने गरेको पुर्व सांसद साहले स्पष्ट पारेका थिए ।
गाउँ घर र बजार सफाइ गरे जस्तै तामसी सोंछ र लुटतन्त्रको अन्त गर्न क्षेत्र बासी संग आग्रह गरे । मात्र ४ बर्षको अवधिमा क्षेत्र ३ र खास गरेर कटहरिया बजारको मुहारनै फेरिएको पुर्व मन्त्री प्रभु साहले बताए ।
करोडौंको लगानीमा बजारमा बिवाह मण्डप भवन निर्माण,करोडौंको लगानीमा हुनैलागेको तरकारी बजार निर्माण,स्वच्छ खानेपानी,तथा ढल निकासको काम भैरहेको उनले बताए । त्यतिमात्र नभै आफ्नै पहलमा गरुडा,कटहरिया हुँदै बिरगंज को बाटो निर्माणको काम हुनलागेको पुर्व मन्त्री प्रभु साहले जानकारी दिए ।
कोणसभामा पुर्व मन्त्री साहका साथै पुर्व बिधायक कुन्दन कुश्वाहा,कटहरियाका मेयर सियाराम कुश्वाहाले दिपावली तथा छठ पर्वको शुभकामना मन्तव्य राखेका थिए ।
त्यस अघि कटहरिया नगरपालिका द्वारा आयोजित सरसफाइ कार्यक्रममा पुर्व मन्त्री प्रभु साह,पुर्व बिधायक कुन्दन कुश्वाहा, मेयर सियाराम कुश्वाहा,एमाले नेता त्रिभुवन साह,जनता मावि कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुश्वाहा,नगर प्रवक्ता चन्दन कुश्वाहा,युवा नेता राकेश गिरि,योगेन्द्र साह,नगर शिक्षा संयोजक अनिल कुमार निधि, प्रधानाध्यापकहरु जयकिशोर साह,रामानन्द साह,प्रभु महतो,वडा अध्यक्षहरु,नगरपालिकाका कर्मचारी तथा ब्यापारीहरुले हात हातमा झाडु,र बेल्चा लिएर बजारको सफाई गरेका थिए । २०७८ कार्तिक १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








