चन्द्रपुर,३० कार्तिक ।
रौतहटको चन्द्रनिगाहपुरमा राजावादीहरुले जुलुस तथा सभाको आयोजना गरेकाछन् । सोमबार दिउसो उनीहरुले चन्द्रनिगाहपुरको मुख्य चोकमा जुलुस तथा सभाको आयोजना गरेका थिए । राजतन्त्र पुरर्बहालीका लागि राजधानीको काठमाण्डौमा बैशाख ४ गते हुने आमसभाका लागि उनीहरुले सो जुलुस तथा सभाको आयोजना गरेका हुन् । सभामा बेल्ने अधिकांसले देशमा प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्र विदेशीको ईसारामा स्थापना भएको बताएका थिए । विदेशी मतियार र राजनैतिक दलका नेताका कारण देशका सरकारी कलकारखाना बन्द भएको भन्दै उनीहरुले आक्रोस पोखेका थिए । उनीहरुले देशमा राजतन्त्र स्थापनाका लागि अवका दिनमा नेपाली नागरिक जागरुक हुनुपर्नेमा जोड दिएका थिए । राष्ट्रिवादी नागरिक समाजको अगुवाईमा चन्द्रनिगाहपुरमा सो कार्यक्रम भएको थियो ।








