गौर,२ मंसिर ।
नेपाली काँग्रेसको १४ गौर नगरअधिवेशनबाट सर्व सहमतीबाट निर्वाचित भएको नगर अध्यक्ष सहितको पदाधिकारीहरु बुधवार पदभार ग्रहण गरेको छ ।
१४ अधिवेशनबाट सर्व सहमतीबाट निर्वाचित हुनु भएको नगर अध्यक्षमा मोहन यादव सहितको समितिले गौरमा एक समारोहका विच पद तथा गोपनियताको सपथ लिएको हो । यादव बिगत लामो समय देखी नेपाली काँग्रेसमा सक्रिय राजनिति गर्दै आएका थिए । यादव आउदो स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसबाट गौर नगरपालिकाको मेयरमा चुनाव लडने तयारीमा रहेकाछन् । यादव गौरका स्थानयि बिच लोकप्रिय युवाका रुपमा परिचित रहेकाछन् ।








