
चन्द्रपुर,७ पुस । रौतहटको चन्द्रनिगाहपुरमा स्थानीय युवाहरुले एमसिसि बिरुद्ध चर्को नारवाजी गरेकाछन् । मंगलबार दिउसो उनीहरुले एमसिसि पास नहोस भन्ने उदेश्यले खबरदारी जुलुस निकालेका हुन् ।
राष्ट्रिखाती सरकार चाहीदैन एमसिसि पास गर्न पाईदैन जस्ता नारा लगाउदै युवाहरुले चन्द्रपुर नगर परिक्रमा गरेका थिए । स्वस्फुर्त रुपमा युवाहरुले एमसिसिको बिरुद्ध खवरदारी जुलुस निकालेको त्यसमा सहभागि युवाहरुले जानकारी दिएकाछन् । देशमा एमसिसि पास गर्ने वा नगर्ने भन्ने बिषयमा चर्को बहस भईरहेका बेला रौतहटको चन्द्रनिगाहपुरमा युवाहरुले एमसिसि पास नगर्न भन्दै बिरोध प्रर्दशन गरेका हुन् । सरकारले एमसिसि पास गरेमा देशलाई ठुलो घात हुने र एमसिसि पासनै गर्नुपर्छ भन्ने बिच यतीबेला दलहरु बिच मत बिभाजन भएको अवस्था अधिकांस युवाहरु एमसिसि पास गर्नु हुदैन भन्दै आएकाछन् ।
चन्द्रनिगाहपुरमा भएको बिरोध प्रर्दशनमा सहभागि युवाहरुले नेताहरुलाई यस्तो गलत कदम नचाल्न चेतावनी दिएका थिए ।
देशका बिभिन्न स्थानमा एमसिसिको बिरोधमा प्रर्दशन हुदै आएको छ । यता सरकारलाई कुनै पनि हालतमा एमसिसि पास गर्नुपर्ने बाध्यता रहेको सरकारमा सहभागि दलका नेताहरुले बताउदै आएकाछन् ।







