रौतहट,२० पुस । जाडो बढेपछि रौतहटका विद्यालयमा विद्यार्थीको संख्यामा कमी आउन थालेको छ । जाडोका कारण विद्यार्थी काम मात्रमा विद्यालय आउन थालेको जनज्योती माध्यमिक विद्यालय चन्द्रनिगाहपुरका उप प्रध्यापक देव नारायण हुमगाईले जानकारी दिए । जाडो बढेपछि पुस २५ गते सम्मको लागि विद्यालय बन्द गरिएको रौतहटको कटहरिया नगरपालिकाले जनाएको छ । रौतहटका सामुदायीक विद्यालयमा पछिल्लो समय जाडोले विद्यार्थीको संख्या घट्दै जान थालेको छ ।
सो नगरपालिकाका प्रमुख शियाराम कुस्वाहले सुचना जारी गर्दे पुस २५ गते सम्मको लागि नगरका सबै विद्यालय छुट्टी दिइएको जनाएका हुन । रौतहटमा पछिल्लो केही दिन देखी जाडो अत्याधिक मात्रामा बढेको छ । यता अत्यधिक जाडो बढेपछि पर्साको जिराभवानी गाउ“पालिकाले विद्यालय बन्द गरेको छ । तराईका जिल्लामा बिगत एक सातादेखिको शीतलहरले जनजीवन प्रभावित बनेको छ । चिसोले बालबालिकालाई विद्यालय जान कठिन भएपछि जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने निर्णय गरेको हो ।
गाउ“पालिकाले आइतबार सूचना जारी गर्दै यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।
तर, प्रदेश २ का अन्य स्थानीय तहले भने चिसो बढेपनि विद्यालयमा पठनपाठन जारी राखेका छन् ।