चन्द्रपुर,१७ माघ । चन्द्रपुर नगरपालिकाको मुख्य चोकमा राखिएको घुम्ती शौचालय प्रयोगमा ल्याउन स्थानीयले माग गरेकाछन् । चन्द्रपुर नगरपालिकाले दुई वर्षअघि करिब १५ लाख रुपैयाँमा दुईटा घुम्ती शौचालय किनेको थियो । तर, ती शौचालय पायक पर्ने स्थानमा नराख्दा समस्या बढदै जान थालेको स्थानीयको भनाइ रहेको छ ।
केही समय पहिला सम्म एउटा शौचालय मुख्य चोकको उत्तर कुनामा र अर्को खेलमैदानमा राखिएको थियो । अहिले चोकको घुम्ती शौचालय समेत नगरपालिका लगिएको छ ।
बस रोक्ने स्थानमा नभएपछि उक्त शौचालय यात्रुहरूले प्रयोग गर्न पाउदैनन ।
यात्रु मात्र नभई मुख्य व्यापारिक केन्द्र भएकाले चन्द्रपुर नगरभित्रका दक्षिणभेग र बाहिरका मानिसहरू किनमेल गर्न आउछन । उनीहरू सार्वजनिक शौचालय खोज्न यताउता लाग्छनरु। तर नभेटिएपछि निजी होटल खोज्दै हिँड्न बाध्य हुन्छनरु। होटल सञ्चालकले पनि केही खानेकुरा खान बसेपछि मात्र शौचालय जान दिने गरेको यात्रुको गुनासो छ । सुरुमा नगरपालिकाले घुम्ती शौचालय राख्ने ठाउँ नभएको भन्दै विभिन्न स्थानमा घुमाएको थियो ।
पछि मुख्य चोक र पूर्वी क्षेत्रमा राख्यो ।
कोभिडका बेला शेरबहादुर दर्लामी खेल मैदानमा लगेको घुम्ती शौचालय अहिले त्यही अलपत्र छ । यात्रुको चाप उस्तै छ । यस्तो बेला देख्ने स्थानमा राख्न सके मानिसले प्रयोग गर्ने स्थानीय होटल व्यवसायी मदन तिमिल्सेनाले सुनाएरु। नगर प्रमुख रामचन्द्र चौधरीले घुम्ती शौचालय प्रभावकारी ढंगले सञ्चालन गर्ने बताए ।
खेल मैदानमा थन्किएर बसेको घुम्ती शौचालयलाई चाँडै नै चोक तथा बजार क्षेत्रमा राख्छौं, उनले भने । तीन वर्षअघि जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि चन्द्रपुरमा एउटा पनि सार्वजनिक शौचालय छैन ।
यसैको विकल्पको रूपमा ल्याइएको घुम्ती शौचालय पनि प्रयोगविहीन हुनु दुखद भएको नेकपा एकिृत समाजवादीका नेता बाबुराम दाहालले बताए ।