गौर,१९ माघ । जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामबशिष्ठ यादवले मौलापुर नगरपालिकाले ल्याण्ड पुलिङका लागि भन्दै मापदण्ड विपरित बकैया खोला उत्खनन गरेको बताएकाछन् । उनले नगरपालिकाले कहांबाट खोला उत्खनन गर्ने हो ,त्यो ठाउमा आइ इ इ गरेर खोला उत्खनन गर्नुपर्नेमा त्यसो नगरेका कारण आफुहरुले खोला उत्खननमा रोक लगाएको बताए । तराई एक्सप्रेससंग संक्षिप्त प्रतिक्रिया दिदै यादवले आफुहरु विकास बिरोधी नभएको र मौलापुरमा भएको विकासले समग्र जिल्लाकै शान बढने काम भएको बताउदै उनले नियम अनुसार काम गर्न आग्रह गरेको बताए । मौलापुर सहर बन्दा अरु नगरपालिका डुवानमा नपरोस भन्ने हिसावले स्थानीयको बिरोध आएपछि जिल्ला समन्वय समितिले तत्काल खोला उत्खननमा रोक लगाएको जानकारी दिए । ल्याण्ड पुलिङमा अहिले नगरपालिकाले पांगो हाल्ने काम गरिहेको छ .








