विजयपुर,२३ माघ ।
रौतहटको पस्चिमिभेग फतुवा बिजयपुर नगरपालिका स्थित सहिद मनरुप महतो स्मृति भवन तथा पार्क निर्माण भएको छ । नेकपा माओवादीको रौतहटको प्रथम सहिद महतोको नाउले फतुवा बिजयपुर ९ मा स्मृति भवन तथा वडा ११ भैंसही स्थित स्मृति पार्क निर्माण गरिएको हो ।
सरकार विरुद्ध माओवादीले चलाएको तत्कालीन सशस्त्र जनयुद्धको क्रममा फतुवा बिजयपुर ११ भैंसहिका माओवादी कार्यकर्ता मनरुप महतो रौतहटका पहिलो सहिद हुन । महतोको मकवानपुर र सिन्धुलीको सिमानामा रहेको तोरिबारिमा २०५७ साल भदौ ५ गते आफैले बम बनाएर चेकगर्ने क्रममा दुर्घटनाबस मृत्यु भएको नेता त्रिभुवन साहले जानकारी दिएका छन । तोरिबारी घटनामा महतोको मृत्यु भएको विभिन्न पत्रपत्रिका तथा संचार माध्यम बाट आफुले सुनेको उनकी श्रीमती कान्ति देवि महतोले जानकारी दिईन । उनको सतगत उतै माओवादी कार्यकर्ताहरुले गरेकाले मृत्यु पछि उनको अनुहार पनि देख्न नपाएको महतोले बताईन ।तत्कालीन बिद्रोही माओवादीले संचालन गरेको सशस्त्र संघर्ष अथवा जनयुद्धको क्रममा रौतहटमा १८४ जना माओवादी कार्यकर्ताको मृत्यु भएको तथा १० जना कार्यकर्ता लाई सुरक्षाकर्मिले बेपत्ता बनाएको माओवादी केन्द्रिय सदस्य समीर भट्टराईले बताएका छन ।
बेपत्ताको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको भट्टराईले जानकारी दिएका छन ।रौतहटको प्रथम माओवादी सहिद पत्नीको हैसियतले गत स्थानीय निर्वाचनमा माओवादीले दिएको टिकट बाट निर्वाचित भएर हाल कान्ति देवि महतो फतुवा बिजयपुर नगरपालिकाको उपमेयर रहेकी छिन ।
पुर्व मन्त्री प्रभु साहको सल्लाह अनुसार प्रथम सहिद मनरुप महतोको सम्मान र सम्झनाको लागि फतुवा बिजयपुर ९ बजार छेउमा सहिद स्मृति भवन र वडा ११ मा सहिद स्मृति पार्क निर्माण भएको वडा १ का अध्यक्ष संजय साहले बताएका छन । तराई मधेस सहिद स्मृति प्रतिष्ठानको लगानी तथा चन्दा सहयोगमा ३ कठा जग्गा खरिद गरेर २ करोड भन्दा बढिको लगानीमा भवन निर्माणको काम पूरा भैसकेको तथा स्मृति पार्कको द्रुतगतिमा निर्माणकार्य भैरहेको वडा अध्यक्ष साहले जानकारी दिएका छन । जनयुद्ध दिवसको अवसरमा अगामी फागुन १ गते पुर्व मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले स्मृति भवन र पार्कको उदघाटन हुने निर्धारण गरिएको उपमेयर कान्ति देवि महतोले जानकारी दिईन । समय सम्म उदघाटनको लागि भब्य तयारी भैरहेको महतोले जानकारी दिएका छिन ।








