चन्द्रपुर,२६ माघ ।
रौतहटको चन्द्रपुर नगरपलिका घर भएका दुईजना चोर पक्राउ परेकाछन् । चन्द्रपुर नगरपालिका घर भई काठमाण्डौमा बसेर चोरी कार्यमा संलग्न दुईजना पक्राउ परेका हुन । प्रहरीले चोरीका सामग्रीसहित दुईजनालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनानीका अनुसार चन्द्रपुर नगरपालिका–७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई पक्राउ गरिएको हो ।
साथै उनीहरूको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाएको । साथै यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । उनीहरुले राजधानीका बिभिन्न स्थानमा चोरी गर्ने गरेको प्रहरीको भनाइ रहेको छ ।