चन्द्रपुर,२७ माघ । रंगपुर साझेदारी वन उपभोक्ता समितिले मधेस प्रदेशका नव नियुक्त पर्यटन तथा वन राज्य मन्त्रीलाई स्वागत गरेको छ । रंगपुर साझेदारी वन उपभोक्ता समितिका पुर्व अध्यक्ष समेत रहेका राज्य मन्त्री नागेन्द्र यादवलाई रंगपुर साझेदारी वन उपभोक्ता समिति चन्द्रपुरका अध्यक्ष जितेन्द्र चौधरीले सम्मान तथा स्वागत गरेका थिए । चन्द्रपुरको डावरीमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादव ,जंगलसहिया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र गिरी लगाएको सहभागिता रहेको थियो । सो कार्यक्रममा बोल्दै राज्य मन्त्री यादवले वनको संरक्षणमा रंगपुर साझेदारी वनले राम्रो काम गरेकोमा प्रशंसा गरेका थिए ।