बिजयपुर २ फागुन ।
पुर्व मन्त्री एवं नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साहले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ विजयपुरमा जनयुद्धका शहिद मनरूप महतो स्मृति भवन तथा शहीद मनरुप स्मृति पार्कको उद्धघाटन गरेका छन् ।
एमाले नेता साहले आइतवार छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी उक्त भवन तथा पार्कको उदघाटन गरेका हुन ।
जनयुद्ध दिवसको अवसर पारेर नेता साहले उदघाटन गरेसँगै आइतवार देखी नै उक्त भवन तथा पार्क सञ्चालनमा आएको छ ।
फतुवा विजयपुर नगरपालिकाको विजयपुरमा स्मृति भवन निर्माण भई सञ्चालन भएको छ भने सोही नगरपालिकाको भैसहीमा उक्त पार्क सञ्चालनमा आएको छ ।
तत्कालिन विद्रोही नेकपा माओवादीले फागुण १ गतेकै दिन जनयुद्ध शुरु गरेको थियो । माओवादीले आइतवार २७ औ जनयुद्ध दिवस मनाएको छ । माओवादीको जनयुद्धको क्रममा फतुवा विजयपुर नगरपालिकाको नगर उपप्रमुख कान्ति देवी महतोको श्रीमान मनरुप महतो शहादत प्राप्त गरेका थिए ।
जनयुद्धमा शहादत प्राप्त गरेका मनरुप महतोको समझनामा एमाले नेता प्रभु साहले उनकै नामबाट स्मृति भवन तथा पार्कको निर्माण गरी उद्घाटन समेत गरेका छन् ।
फतुवा विजयपुर नगरपालिका र विभिन्न दातृ निकायको करोडौंको लागतमा निर्माण भएको १४ कोठे दुई तले भवन आइतवारदेखी सर्वसाधारणको विवाह, ब्रतबन्ध आदि कार्यका लागि खुल्ला गरिएको छ ।
यसैविच २७ औ जनयुद्ध दिवसको अवसरमा सोही कार्यक्रममा पुर्व मन्त्री एवं एमाले नेता प्रभु साहले ५१ जना शहिद तथा वेपत्ता भएका परिवारलाई सम्मान गरेका छन् ।
जनयुद्ध दिवसको अवसरमा आयोजित शहिद मनरुप महतो स्मृति भवन तथा पार्क उदघाटन कार्यक्रममा प्रमुख अतिथिको हैसियतबाट नेता साहले जनयुद्धको क्रममा शहिद तथा वेपत्ता भएका परिवारहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले शहीदले बगाएको रगतबाट सक्तामा पुगेकाहरुले शहीदको खिल्ली उडाइरहेको आरोप लगाएका छन् ।
देशमा परिवर्तनका लागि भएको विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका विर शहीदको बलिदानीकै बलमा सत्तामा पुग्नेहरुले पटक पटक शहीदलाई अपमान गर्ने काम गर्दै आएको उनले बताए । शहीदको बलिदानीकै बलमा देशमा अहिले आमुल परिवर्तन भएकोले शहीदका परिवारलाई सधै सम्मान र आदर गर्नुपर्ने उनले बताए ।
फतुवा विजयपुर नगर उपप्रमुख कान्ति देवी महतोको अध्यक्षतामा भएको उदघाटन समारोहमा एमालेका केन्द्रिय सदस्य कुन्दन कुश्वाहा, एमालेको जिल्ला अध्यक्ष अमर साह, नेता श्रीभगवान पटेल, कटहरिया नगर प्रमुख शियाराम कुश्वाहा, मौलापुर नगर प्रमुख रिना देवी साह, एमालेका फतुवा विजयपुर नगर कमिटि अध्यक्ष विजय यादव निर्विज लगाएतको सहभागिता रहेको थियो ।








