चन्द्रनिगाहपुर,३ फागुन ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालको अवस्थाका बिषयमा समबन्धीत निकायले चासो नलिएका कारण बेथिती बढदै जान थालेको छ । आईतबार जिल्लाको फतुवा बिजयपुर नगरपालिकाकी एक महिलाको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ल्याएकोमा पोष्टमार्टम नगरी अस्पतालका डाक्टरले काठमाण्डौ पठाएका छन् ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शवको पोष्टमार्टम गर्नु अगाडी रु ५०० सय रुपैया लिने नियम रहेको छ । सनिबार राती फतुव विजयपुर नगरपालिका वडा नम्बर ११ भैसहीमा एक महिलाको हत्या भएको आशंकामा एक महिलाको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ल्याइएको थियो ।
आईतबार दिउसोनै अस्पतालका कर्मचारीले ५०० शुल्क लिएर शवलाई पोष्टमार्टम गर्ने घरमा पठाएका थिए । तर राती ११ बजेको समयमा अस्पतालका डाक्टर आएर यहा“ पोष्टमार्टम गर्न नसकिने भन्दै काठमाण्डौ स्थित टिचिङ अस्पतालमा जान सुझाव दिएका थिए । दिनभरी शव अस्पतालमा राखेर बसेका मृतकका आफ्न्तलाई राती ११ बजे काठमाण्डौ जा यहा“ पोष्टमार्टम हुदैन भनेपछि पिडित झन पिडित झन पिडित भएका छन् ।
अस्पतालले लिएको चा“च सय रुपैया र डोमको भाग भन्दै थप तीन सय रुपैया लिएर फिर्ता नगरी अस्पतालले शवको पोष्टमार्टम नगरी टिचिङ अस्पातल काठमाण्डौ पठाएको मृतकका आफ्न्त उमेश मुखियाले बताए ।
अस्पातलले लिएको रकम बाहेकपनि डाक्टरको भाग भन्दै शव काठमाण्डौ लाने बेलामा अस्पतालका कर्मचारीले थप रकम माग गरेको समेत पिडित मुखियाले बताए । चन्द्रनिगाहपुर सरकारी अस्पतालका कर्मचारी मातृका चालिसेले पष्टमार्टम नगरी लिएको रकम फिर्ता हुने बताए । ईलाका प्रहरी कार्यालय लक्ष्मिनियांका अनुसार शुक्रवार राती रामप्रवेस मुखिया बिनकी पत्नी आरती देवीको मृत्युु भएको थियो । स्थानीयले हत्याको आशंका गरेर प्रहरीलाई खबर गरेपछि जलाउन लागेको अवस्थामा प्रहरीले शव बरामद गरेर चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाएको थियो । चन्द्रनिगाहपुर अस्पतालमा रहेका यस्ता बिकृतीको बिषयमा समाचार प्रकाशन प्रशारण हुन थालेपछि अस्पतालका प्रमुख डाक्टर संदिप कुमार साहले केही मान्छेलाई उचालेर समाजिक संजालमा पत्रकारका बिरुद्ध बिष बमन गर्न लगाएकाछन् । छात्रबृतीमा करार सेवामा काम गर्न चन्द्रनिगाहपुर अस्पतालमा आएका स्थानीय युवा समेत रहेका साह आफ्नो अस्पतालमा निजी अस्पतालमा जाने गरेका कारण अस्पतालबाट सर्बसाधारणले समान्य सेवा समेत पाउन छाडेकाछन् ।
अस्पतालको नियमनकारी निकाय चन्द्रपुर नगरपालिका समेत डाक्टरकै पक्षपोषणमा लागेका कारण समस्या झनै जटिल बन्दै जान थालेको स्थानीयको भनाइ रहेको छ ।
अस्पतालको बेथितीको बिषयमा समाचार लेख्ने पत्रकार बिरुद्ध समाजिक संजालमा जथाभावि लेख्न लगाउने डाक्टर साह ,उनका भाई र हरिस सिंह नामको नक्कली फेसबुक आईडी बिरुद्ध संचारकर्मीले साईवर क्राईमको मुद्धाको तयारी गरेकाछन् ।