गौर,८ फागुन । नेपाली का“ग्रेसका मधेस प्रदेश सदस्य नितेश कुमार गुप्ताको फेसबुक एकाउण्ट ह्याक भएको छ । उनको नितेश कुमार गुप्ता नामको फेसबुक एकाउण्टमा उनको कभर र प्रोफाइल तस्विर हटाएर ह्याकरले युवतीको तस्विर राखिदिएका छन् । गुप्ताले आफ्नो फेसबुक ह्याक भएको कुरा आइतबार बिहान मात्र थाहा पाएको बताए ।
उनले केही दिनदेखि आफ्नो फेसबुक लगइन गर्न समस्या भएको जनाउँदै यो सब आफ्नो राजनीतिक दुश्मनी साँध्न गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनले सो आइडिबाट कुनै पनि म्यासेज, पोष्टहरुलाई विश्वास नगर्न आग्रह गर्दै यस बारेमा प्रहरीलाई जानकारी दिइसकेको बताएका छन् ।








