चन्द्रपुर,९ फागुन ।
राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटिको आयोजनामा चन्द्रनिगाहपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीले उद्धघाटन गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटिका अध्यक्ष बिक्रिम लामाको अध्यक्ष भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुश्वाह ,नेकपा एमाले मधेस प्रदेश उप सचिव आरती भण्डारी ,प्रदेश कमिटि सदस्य खड्ग बहादुर बम्जन, नेकपा एमालेका चन्द्रपुर नगर अध्यक्ष शिव आचार्य ,चन्द्रपुर नगरपालिका वडानं २ का अध्यक्ष दुत बहादुर लामा लगाएतको सहभागिता रहेको थियो ।
प्रदेशिक रक्तसंचार केन्द्र चितवनको प्राबिधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्क्तदान कार्यक्रममा १५१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।








