मोलापुर,१४ फागुन ।
रौतहटको मौलापुर नगरपालिका अन्तर्गत पुर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा साक्षरताका लागि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विगतका वर्षहरु झैं यस वर्ष पनि मौलापुर नगरपालिकाद्वारा श्री लक्ष्मीनिया माध्यमिक विद्यालयको १२औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “साक्षरताका लागी साँस्कृतिक कार्यक्रम“ उत्साहवर्धक रुपमा सम्पन्न भएको हो ।
पुर्व मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको प्रमुख आतिथ्यमा भएको सांस्कृतिक कार्यक्रममा नगर पालिका अन्तर्गतका प्रायः सबै सामुदायिक बिधालयका छात्रछात्रा ,भोजपुरिया गायक सुनिल पंडित,तथा राष्ट्रिय स्तरका कलाकारहरुले आआफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए ।कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेका छात्रछात्रा तथा कलाकार लाई पुर्वमन्त्री साह,मौलापुरकी मेयर रिनाकुमारी साहले संयुक्तरूपमा पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
उक्त अवसरमा पुर्वमन्त्री प्रभु साह,मेयर रिना साह,उपमेयर गौरीशंकर जयसवाल,प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह,नगरक्षेत्र अन्तर्गतका बिधालयका शिक्षक,छात्रछात्रा ,अभिभावक,जनप्रतिनिधि,तथा स्थानीय सैयौं मानिसको सहभागिता थियो ।
मेयर रिना कुमारी साहको पहलमा नगरको शिक्षा क्षेत्रमा गुणात्मक सुधारका लागी दर्जनौं शिक्षक भर्ना, सयभन्दा बढी कक्षा कोठा निर्माण, विद्यार्थी भर्ना अभियान, छात्राहरुलाई साईकल वितरण, ल्यापटप वितरण सहित साक्षरताका लागी साँस्कृतिक कार्यक्रम जस्ता अनेकन अनुकरणीय कार्य हुदै आएको छ ।