चन्द्रपुर,१६ फागुन । आफ्नै गांउ ठांउको सरकारी अस्पतालमा आफ्नै गाउको डाक्टर आएपछि अस्पतालको मुहार फेरीनु पर्ने हो । तर चन्द्रनिगाहपुर सरकारी अस्पतालमा चन्द्रनिगाहपुरकै स्थानीय युवा डाक्टर भएर आए । डाक्टर मात्र हैन अस्पतालको प्रमुखनै स्थानीय युवा भएपछि अस्पतालबाट स्थानीयले भरपुर सेवा पांउनु पर्ने हो । अहिले चन्द्रनिगाहपुर सरकारी अस्पताल सुनसान जस्तै छ तर स्थानीय युवा संन्दिप कुमार साह अस्पतालको प्रमुखका रुपमा बिराजमान छन् ।
उनी सरकारी अस्पतालमा भन्दा निजी अस्पताल चाहार्नमा मज्जा मानी रहेकाछन् । मनौ उनलाई सरकारी अस्पतालमो स्तर उन्नती भन्दा निजी अस्पतालको पैसा प्यारो छ । कुनै समय बिहान ९ बजे देखी बेलुका ७ बजे सम्म उपचारको लागी लाइन बस्ने रौतहको चन्द्रनिगाहपुर अस्पतालमा अहिले बिरामी जान छाडेका छन । डा. अभिन्नदन श्रीवास्तब मेसु हुदा चन्द्रनिगाहपुर अस्पतालमा बिहान ९ बजे देखी बेलुका ७ बजे सम्म बिरामीहरु लाइन बसेर उपचार गराएर मात्रै घर फर्किने गरेका थिए । त्यति मात्रै नभएर बिहान ७ बजे देखी बेलुका ८ बजे सम्म पनि डा. श्रीवास्तबले सेवा दिदै आएका थिए । अहिले सो अस्पतालमा बिरामीहरु जान छाडेका छन । अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नआउदा बिरामी अहिले बाध्य भएर उपचार गर्न बिरगंज,चितवन,काठमाण्डौ धाउन थालेका छन । केही बिरामी भने चन्द्रनिगाहपुरको निजी अस्पताल र क्लिनिकमा जाने गरेको पाइएको छ । अहिले चन्द्रनिगाहपुर सरकारी अस्पतालको प्रमुखमा परिक्षार्थी डा. सन्दिप कुमार साह रहेका छन । उनी प्राय निजी अस्पताल धाउन थालेपछि चन्द्रनिगाहपुर अस्पताल झन अस्तब्यस्त बनेको अस्पताल ब्यबस्थापन समितिका पुर्व अध्यक्ष नरेश कुमार लामिछानेले बताए । अस्पतालको ब्यबस्थापन गर्ने पाटो गतिलो नहुदा अहिले सेवाग्राहीहरु नराम्रो मारमा परेको पुर्व अध्यक्ष लामिछानेको भनाइ रहेको छ । बढदो बजारीकरण तथा जनसंख्याको हिसाबले पनि चन्द्रनिगाहपुर अस्पताल झन ब्यबस्थीत हुनु पर्नेमा झन अस्तब्यस्त हुनु दुखद पक्ष भएको उनको धारणा छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख तथा अस्पताल व्यावस्थापन समितिको अध्यक्ष रामचन्द्र चौधरीले उनकै पार्टीका केही मान्छेको दवाबमा डाक्टर साहलाइ हटाउन नसक्दा अस्पतालबाट सर्बसाधारणले समान्य सेवा समेत पाउन छाडेका सरोकारवालाहरु बताउदै आएका छन ।
तीन बर्ष देखी सो अस्पतालमा रहेको एक्सरे मेशिन बिग्रदा समेत एक्सरे मेशिन बनाउने वा नया खरिद गर्ने भन्ने बिषयमा डाक्टर साहले चासो नदिएको आरोप छ । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा निशुल्क सेवा लिन आउनेहरुलाई एक्सरे ,ल्याव ,अल्ट्रासाउण्ड लगाएतका उपकरण छैन ।सरकारी अस्पतालमा सुत्केरी गराउन आउनेलाई अस्पतालका कर्मचारी चन्द्रनिगाहपुरका निजी अस्पतालमा सुत्केरी गराउन पठाउने र राज्यले सरकारी अस्पताल सुत्केरी गराउन आउनेलाई दिने गरेको न्यानो कपडा र नगद समेत कर्मचारीले हिनामिना गर्ने उनीहरुको आरोप छ ।
अस्पतालका कर्मचारी र केही डाक्टरको कुरा मान्ने हो भने सरकारी अस्पतालमा कुनै प्रकारको सेवानै छैन् । त्यसमा अस्पताल व्यवस्थापन समिति चुकेको उनीहरुको भनाइ रहेको छ । डाक्टर साह र एक सिंह थरका प्रशिक्षार्थि डाक्टर चन्द्रपुर नगरपालिकाका स्थानीयनै हुन । एक जना प्रशिक्षार्थि डाक्टर बाहिरी जिल्लाका हुन ।
चन्द्रपुर नगरपालिकाकै कारण अस्पतालको अवस्था नाजुक बनेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा आलोक कोईरालाको भनाइ रहेको छ । अस्पतालमा रहेका जनशक्तिलाई नगरपालिकाले काम लगाउन नसकेका कारण सरकारी अस्पातलबाट स्थानीयले समान्य उपचार पाउन नसकेको उनको ठम्याइ रहेको छ । २०७८ फागुन १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








