गौर,८ चैत । नगद घुस रकम सहित पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धिर्मेन्द्र पटेल धरौटीमा रिहा भएका छन् । उनी हिजो साँझ रिहा भएका हुन । आफ्नै नगरपालिकाको वडा कार्यालय भवन निर्माणको भुक्तानीमा घुस लिदै गर्दा कही समय पहिला उनी अख्तियारको फन्दामा परेका थिए ।








