रौतह,१४ बैशाख । नेकपा माओबादी पार्टीले युद्ध लडेका भन्दा नव प्रवेशीलाइ पैसाको भरमा गाउपालिकाको टिकट बेचेको भन्दै माओबादी पार्टीका मधेश प्रदेश सदस्य लगायत सयौ जनाले पार्टी परित्याग गरेका छन ।
बुधबार गरुडामा पत्रकार सम्मेलन गरी उनीहरुले नेकपा माओबादी परित्याग गरी स्वतन्त्र बामपन्थी बनेर बस्ने घोषणा गरेका हुन । नेकपा माओबादीका मधेश प्रदेश सदस्य सुधिर यादब सहित सयौ जनाले नेकपा माओबादी त्यागेको बताए ।
आउदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेताहरुले पैसाको भरमा टिकट बाडेको र युद्ध लडेका र शहिद परिवारलाइ पार्टीमा कुनै स्थान नदिएको उनीहरुको धारणा रहेको छ । नेकपा माओबादीका नेताहरुले पैसाको भरमा टिकट बाडेपछि माओबादी पुजीबाद तर्फ लागेको मधेश प्रदेश सदस्य सुधिर यादबले बताए ।
हिजोको पार्टी बिरोधीलाइ टिकट दिने र १० बर्ष जनयुद्ध गरेकाहरुलाइ नेताहरुले वाइपास गरेर हिडेको यादबको आरोप छ । यस्तो पार्टीमा रहनु भन्दा स्वतन्त्र भएर बस्नु नै उचित रहेको ठानेर पार्टी परित्याग गरेको उनले बताए । यस्तै पार्टीका जिल्ला समन्वय समितिका सदस्य सुरेश मुखियाले पनि सोही आरोप लगाएका छन । नेकपा माओबादी पार्टीका नेता सत्य नारायण भगतले पैसाको भरमा यमुनामाइ गाउपालिकाको अध्यक्षमा कुनै पनि कमिटिमा नरहेका ब्यक्तीलाइ गाउपालिकाको अध्यक्षमा टिकट दिएको उनको आरोप छ । यस्ता नेताहरुबाट देश सम्बृद्धीको आशा गर्नु धिक्कार रहेको समेत उनको आरोप छ ।
यस्तै नेकपा माओबादी पार्टीका प्रस्तबित प्रदेश सदस्य बबिता कुमारी यादबले पनि पैसाको भरमा जिल्लाभरी नेताहरुले टिकट बाडेको आरोप लगाइन ।
शहिद परिवार राजु महतो,राधेश्याम दास लगायत सयौ जनाले नेकपा माओबादी परित्याग गरि स्वतन्त्र भएर बस्ने बताएका छन ।
ध्चष्तभ तय च्बmभकज त्ष्mबकिष्लब