गरुडा,१५ बैशाख ।
नेकपा एमालेको गरुडा नगरपालिकाका मेयरका उम्मेदवार कन्थमणी प्रसाद जयसवालले आफुले चुनाव जिते गरेको मुहारनै फेरीदिने बताएका छन । उनले बिहिबार गरुडामा संचारकर्मीहरुसंग कुरा गर्दै गरेको बिकासका लागि आफुले एमालेबाट मेयरमा चुनाव लडेको बताए ।
नेकपा एमालोबट गरुडा नगरपालिकाको मेयरको उम्मेदवार रहेका जयसवालले आफुले चुनाव जितेपछि गरुडा नगरपालिकाको शिक्षा ,स्वास्थ्य ,खेलकुद लगाएतका क्षेत्रमा आमुल परिवर्तन गर्ने बताएकाछन् । जयसवाल यतीबेला गरुडामा जनताको घरदैलोमा भोट माग्न व्यस्त रहेकाछन् ।
जयसवालयले गत आम निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बन्दै ७ हजार ८८१ मत ल्याएर तेस्रो भएका थिए । त्यसैगरी गत स्थानिय निर्वाचनमा जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाबाट स्वतन्त्र नगर प्रमुख लडेका उनले १ हजार ३५९ मत ल्याएका थिए ।
पछिल्लो समय जयसवाल गरुडा नगरपालिकामा अन्य पार्टीका उम्मेदवार भन्दा भारी रहेको स्थानीयको भनाइ रहेको छ । जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको मयरका लागि एमालेबाट उम्मेदवारी दिएका जयसवालले आफुले सहजै जित निकाल्ने बताएकाछन् ।
रौतहट उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्ष रहेका जयसावल पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् ।
उनले आफुले गरुडा नगरपालिकाको मेयरमा चुनाव जिते कस्ता कामलाई प्राथमिकतामा राखेर काम गर्ने गनेर घोषणा पत्रनै बनाएर अगाडी बढेका छन् । जयसवालले आफुले संम्बृद्ध गरुडा नगरपालिका बनाउनका लागि नेकपा एमालेबाट चुनाव लडेको बताउने जयसवालले आफ्नो पहिलो प्रथमिकता भनेकै गरुडा नगरपालिकाको आफ्नै भवन बनाउनु रहेको बताए । २०७९ बैशाख १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।