चन्द्रपुर,१८ बैशाख । नेकपा एमाले चन्द्रपुरका मेयर उम्मेदवार शिव आचार्यले आज १० नम्बर वडामा घरदैलो कार्यक्रम गरेरका छन् । उनको घरदैलो कार्यक्रममा स्थानीयको उत्सुक्तापुर्ण सहभागिता रहेको नेकपा एमालेका स्थानीय नेता तथा वडा अध्यक्षका उम्मेदवार टंकेश्वर चौधरीले जानकारी दिएकाछन् । नेकपा एमालेले चन्द्रपुर नगरपालिकामा चुनाव जितेमा संम्बृद्ध र समुन्नत चन्द्रपुर बनाउने मेयरका उम्मेदवार शिव आर्चायले बताएकाछन् । आफुले मेयरमा चुनाव जिते चन्द्रपुर नगरपालिका वडानं १० मा रहेका किसानको स्तरबृद्धीका लागि आपुले काम गर्ने मतदाता समक्ष आचार्यले प्रतिवद्धता जनाएको हाम्रा सहकर्मी अमृत सापकोटाले बताएकाछन् ।








