चन्द्रपुर,१९ बैशाख ÷रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ को लागी नेकपा माओबादीबाट वाड अध्यक्षका उमेदवार प्रकाश चौलागाइले मतदाताहरुकोको माया र सदभाब पाएको कारण चुनाब जित्ने दाबी गरेका छन ।
आउदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी चौलागाइले नेकपा माओबादीको तर्फबाट चन्द्रपुर नगरपालिका वाड नं. ९को वाड अध्यक्षको लागी उमेदवार दर्ता गराएका हुन ।
आम मतदता र समाजिक कार्यमा सरोकार राख्ने अभिभाबकहरुको आग्रह र आम मतदाताहरुको चाहना अनुसार नेकपा माओबादीले आफुलाइ वाड अध्यक्षको रुपमा अघि सारेको चौलागाइले बताए ।
समाजिक कार्यमा सधै चिन्तन र लागी पर्ने वाड अध्यक्षका उमेदवार चौलागाइले निर्वाचित भएपछि पनि मतदाताहरुको चाहना अनुसार नै काम कार्वाही प्रतिबद्धता गरेका छन ।
जनता जनार्दन भन्ने मुल्य र मान्यता भन्ने आसयलाइ आफुले कहिल्यै पनि नर्बिसिएको समेत उनले बताए ।
सो वार्डको र्भाैतिक पुर्वाधारको बिकाश गुणस्तरीयता गर्नुपर्ने ,शिक्षाको आमुल परिर्वतनको लागी योजना बनाएर नै अगाडी बढनुपर्ने,स्वास्थ्य क्षेत्रको बिकाश,नजरपुरको कृष्ण प्रणामी मन्दिरको आधुनिक तबरले बिकाश र प्रचार प्रसार गर्नु मुख्य आवश्यकता रहेको उनले जानकारी दिएका छन ।
दुध उत्पादन तथा बिहु बिज उत्पादनको केन्द्रको रुपमा रहेको यस वाडका किसानहरुको आर्थिक स्तर अझ बृद्धी गर्नको लागी योजनाबद्ध भएर अगाडी बढने समेत वाड अध्यक्षका उमेदवार चौलागाइले बताए ।
महिला तथा युवाहरुलाइ स्वरोजगार मुलक कार्यक्रम संचालन गरेर पनि स्थानिय नागरिकको आर्थिक बृद्धिदरमा उकास्न सकिने उनको धारणा छ ।
यहाका नागरिकहरुलाइ सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने बताउदै वाड अध्यक्ष उमेदवार चौलागाइले वाडको समग्र बिकाशको लागी अगाडी बढने चौलागाइको भनाइ रहेको छ ।
यी सबै कार्यको लागी आम मतदाताहरुको हृदय देखी नै सहयोग आवश्यकता रहेको कारण यसपटकको निर्वाचनमा आफुलाइ जिताउने पुर्ण बिश्वास रहेको वाड अध्यक्ष उमेदवार चौलागाइले बताएका छन ।
सो चन्द्रपुर नगरपालिका वाड नं. ९ मा नेकपा एमालेको तर्फबाट लिलानाथ चौधरी,नेपाली कांग्रेसबाट नबराज देबकोटा लगायतले उमेदवारी दर्ता गराएका छन ।








