अशोक पहाडी
रौतहट,२३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कुलंङार भएको बताएका छन । रौतहटको चन्द्रनिगाहपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने चितवनमा काग्रेंसको सभामा गएर प्रचण्डको छोरीको भोट माग्दै १५ वर्ष आफैले नेतृत्व गरेको एमालेलाई माधव नेपालले कुहिएको फर्सी भनेको प्रति आक्रोश पोखे । पूर्व प्रधानमन्त्री केपी ओलीले माधव नेपाल आफै कुहिएको फर्सी भएको बताए । तिन तिन पटक पार्टीको प्रमुख बनाइयो, प्रधानमन्त्री बनाइयो । अध्यक्ष ओलीले भने पार्टीले उनलाई सासंद बनायो, प्रधानमन्त्री बनायो । तर कुलमा एउटा कुलंङघार जन्मीएको रहेछ । अध्यक्ष केपी ओलीले पचास वर्ष अघि विराटनगरको महेन्द्र मोरङ कलेजमा पढदै गर्दा आफुले माधव नेपाललाई भेटेको र सो बेला सम्झाएर, बुझाएर राजनितिमा पूर्णकालिन कार्यकर्ता बनाएर पार्टीको प्रमुख जिम्मेवारीमा राखेको बताए । पछिल्लो समय आफ्नै पार्टी विरुद्ध षडयन्त्र गरेको थाहा पाए पछि उनलाई पार्टीबाट हटाएको बताउदै केपी ओलीले भने मैले सर्पको बच्चालाई दुध खुवाएको रहेछु ।








