चन्द्रपुर,२५ बैशाख ।
नेपाली कांग्रेसबाट चन्द्रपुर नगरपालिकाको मेयरका उम्मेदवार बनेका संजय काफ्ले यतीबेला घरदैलोमा व्यस्त रहेकाछन् । नेपाली कांग्रेसले काफ्लाई मेयरको टिकट दिएपछि उनी यतीबेला चुनावी मैदानमा छन् । गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव उठेर चन्द्रपुरको मेयर बनेका रामचन्द्र चौधरी स्वतन्त्र उम्मेदवार बनेपछि काफ्लेले अहिले मेहनत बढाउनु परेको काग्रेस कार्यकर्ताहरुको भनाइ रहेको छ । संम्भवत चन्द्रपुर नगरपालिकामा मेयरका उम्मेदवारहरु मध्य कान्छा उम्मेदवार रहेका काफ्ले विद्यार्थी कालदेखीनै राजनितिमा सक्रिय भएका हुन । उनीसंग चन्द्रपुर नगरपालिकाको वडानं ५ को वडा अध्यक्ष भएर काम गरेको अनुभव छ ।
नेपाली कांग्रेसको चन्द्रपुरमा शाख जोगाउन पनि काफ्लेले चुनाव जित्नै पर्ने हुन्छ । उनी आफ्नो जितका लागि कडा मेहनत गरिरहेका छन् । घरदैलोमा व्यस्त रहेका काफ्लेले आफ्नो पक्षमा चन्द्रपुरमा जनलहर बढदै जान थालेको बताएकाछन् । नगरको विकासका लागि अहिले मतदाताले युवा उम्मेदवार खोजेको र सबैको रोजाईमा आफु पर्दै गएका कारण पनि आफ्नो जितलाई कसैले रोक्न नसक्ने काप्लेको भनाइ रहेको छ । मेयरपदका उम्मेदवार सन्जय काफ्ले सहित उपमेयर जयमाला चौधरी लगायत १० वटा वडाका उम्मेदवारहरु मत माग्दै मतदाताको घरदैलो पुगिरहदा मतदाताको उत्साहाजनक सहभागीता देखिएको चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताएका छ्न ।
चन्द्रपुरको १० वटै वडामा काग्रेसका उम्मेदवारलाई मतदाताले भब्य स्वागत गर्दै आशीर्वाद समेत दिएको गिरीले बताए । नेपाली काग्रेसका उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्ने कार्य जारी राख्दा जनसमुदाय पनि उनिहरुकै पक्षमा रहेका काग्रेस नेता कार्यकर्ताको भनाइ रहेको छ । जिल्लाकै ठुलो नगरपालिका चन्द्रपुरमा नेपाली काग्रेसले संजय काफ्लेलाई मेयर पदको उम्मेदवार बनाएपछि काग्रेसको पक्षमा सबै तह र तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएपछी चन्द्रपुर नगरपालिकामा काग्रेसको जनलहर बढदै गएको नेपाली काग्रेस जिल्ला सदस्य दिल बहादुर बस्नेतले बताए ।नेपाली काग्रेस चन्द्रपुर नगरपालिकाको वडा अध्यक्षमा १ नम्बरमा बलराम राउत ,२ नम्बरमा कल्याण कुश्वार,,३ नम्बरमा सन्त बहादुर पाखृन,४ नम्बरमा नेपाल कार्की ,५ नम्बरमा निलहरी कोइराला ,६ नम्बरमा नेत्र कुस्वार ,७ नम्बरमा विष्णु उप्रेती ,८ नम्बरमा जितेन्द्र चौधरी ,९ नम्बरमा नवराज देबकोटा र १० नम्बरमा जयराम चौधरी लाई मैदानमा उतारेको छ ।