चन्द्रपुर,२५ बैशाख ।
चन्द्रपुर नगरपालिकाका पुर्व मेयर रामचन्द्र चौधरीलाई अहिले भ्याइ नभ्याइ भएको छ । नेपाली काग्रेसबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा चुनाव लडेर मेयर बनेका चौधरीलाई यो निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेपछि उनको व्यस्तता बढेको हो । स्वतन्त्र उम्मेदवार बनेपछि चौधरीले आ“प छाप पाएका हुन । उनी यतीबेला गा“छीमा आ“प फल्ने हो ,त्यसैले मलाई भोट दिनुस भन्दै घरदैलोमा व्यस्त भएका छन् । आ“प चुनाव चिन्ह् पाएका चौधरीको दबीलाई आधार मान्ने हो भने उनले चुनाव जित्ने अवस्था रहेको छ । उनले आफुलाई आदीवासी ,जनजाती र मधेसीको मतलाईनै प्रमुख आधार बनाउदै आएका छन् । कुनैपनि दलले थारुलाई उम्मेदवार नबनाएको र समग्र आदीवासी जनजातीको उम्मेदवार आफुनै भएका कारण आफ्नो जित पक्का रहेको चौधरीको भनाइ रहेको छ । स्वतन्त्र मेयरका उम्मेदवार रहेका चौधरीले आफुले १० हजार माथि मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । घरदैलो संगै चौधरीले आदीवासी ,जनजातीका अगुवाहरुसंगको भेटघाटलाई तिब्र पारेका छन् । आफ्नो पार्टीले चुनाव जित्ने दावी गरेका नेपाली काग्रेस ,नेकपा एमाले ,एकिकृत समाजवादी र नेकपा माओवादीका उम्मेदवारलाई पनि स्वतन्त्र उम्मेदवार चौधरी यतीबेला टाउको दुखाइ बनेकाछन् । चौधरीको स्वतन्त्र उम्मेदवारीसंगै उनले कुन पार्टीको मत काटने हुन भन्ने बिषय यतीबेला चिया गफ बन्न थालेको छ । चन्द्रपुर नगरपालिकाका पुर्व मेयर चौधरीको स्वतन्त्र उम्मेदवारीले नेपाली काग्रेसलाई कति घटा हुने र अन्य दललाई कति फाईदा पुग्ने हो भन्ने कुराको चर्चा परिचर्चा सुरु भएको छ । चौधरीले पछिल्लो समय थारु बस्ति र जनजाती बस्तीमा आफ्नो सक्रियता बढाउदै आएका छन् ।








